चौबिस घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, २७ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ७१२ नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ५११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २१२, ललितपुरमा ६३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५६५ जना र संस्थागत आइसोलेसनमा २१० जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६३ जना र भेन्टीलेटरमा ८ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *