स्वास्थ्य बीमामा देखिएको समस्या समाधानका लागि सुझाव पेश गर्न उच्चस्तरीय कार्यदल गठन

काठमाडौँ, २६ साउन । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि सुझाव पेश गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदललाई स्वास्थ्य बीमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि पृष्ठपोषण सहित प्रतिवेदन पेश गर्न भनिएको छ । उक्त कार्यदललाई तीन साताको समयावधी दिईएको छ ।

राज्यमन्त्री केसीको अध्यक्षतामा गठन भएको कार्यदलमा प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्ड सदस्य डा सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव (सामाजिक सुरक्षा हेर्ने) लाई सदस्य बनाइएको छ ।

कार्यदलको सदस्य सचिव प्रमुख औषधि व्यवस्थापक नारायणप्रसाद ढकाललाई तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *