धुलिखेल अस्पतालद्धारा दुर्गम क्षेत्र केन्द्रित टेलिमेडिसिन सेवा प्रारम्भ

स्वास्थ्य परीक्षण र परामर्शमा विशेषज्ञ डाक्टर कै सहभागिता

काठमाडौँ २४ साउन । काभे्रको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले मंगलबार (आज)बाट काभ्रेको तेमाल गाउँपालिका–४ स्थित बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट युरोपियन प्रविधियुक्त टेलिमेडिसिन सेवा सेवा सुरु गरेको हो ।

धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । डाक्टरहरू अंगिरा कर्माचार्य, मनिषा सिंह वशुकला, अतिथि मिश्र, पुजा श्रेष्ठ, टिना श्रेष्ठ र स्वास्थ सहायक पुरन राउत लगायतले बिरामीहरुलाई सेवा उपलब्ध गराएका हुन् ।

मंगलबार मात्रै यो सेबाबाट ४० जना बिरामी लाभान्वित भएका थिए ।

यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि उपयोग गरेर दुर्गम गाउँका विमारीहरूले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष सेवा पाएको सम्भवतः नेपालमा पहिलो हो ।

दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीय तिलक लामाले बताए । उनले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नु पर्नेमा जोड दिए ।

धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रुपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *