नर्भिकले भन्यो- तत्काल टहरा भत्काउन सकिँदैन

काठमाडौँ, २४ साउन । काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालले महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आज पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् ।

अध्यक्ष सिंहले २०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने  जानकारी गराएका छन् ।

यसअघि नर्भिक अस्पतालले सरकारसंग लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले निर्देशन दिएका थिए।

आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *