‘असमान तलव बृद्धि’को राष्ट्रिय स्वास्थयकर्मी महासंघद्धारा विरोध

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले असमान किसिमले गरिने तलव बृद्धि स्विकार्य नहुने बताएको छ । अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने भन्दै सार्वजनिक गरेको नयाँ तलबमानमा तहगत रुपमा १५ देखि २४ प्रतिशतसम्म तलव बृद्धि भएको बताइएको छ ।

गत १५ जेठमा प्रस्तुत भएको बजेट बक्तव्यमा भने कर्मचारीहरुको १५ प्रतिशत मात्रै तलव बढेको उल्लेख थियो ।

महासंघका महासचिव डा सन्तोष पौडेलले आज जारी गरेको बक्तव्यमा आफूहरु समतामुलक तलव बृद्धिको विधि अबलम्बन गरि निश्चित समय अवधीमा कर्मचारीहरुको तलव बृद्धि हुनुपर्छ भन्ने मान्यतामा रहेको र हालै अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखत सहित सार्वजनिक भएको नयाँ तलव मान प्रस्ताव भनि प्रचारमा आएको विषयले आम स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई अन्योल सिर्जना भएको उल्लेख छ ।

महासंघले राजपत्राङिकत अधिकृतहरुको र राजपत्र अनंकित सहायक तथा श्रेणीविहिन कर्मचारीहरुको तलवमान समान रुपले बृद्धि गर्न माग गरेको छ ।

उसले असमान किसिमले गरिने तलव बृद्धि आफूहरुलाई स्वीकार्य नभएको भन्दै त्यसो गरिए विरोध र आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *