काठमाडौँको १४ स्थानमा १८ बर्ष मुनिका बालबालिकालाई कोभिडबिरुद्धको ‘बुस्टर डोज’ दिईदै
काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाको २९ नम्बर वडाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज देखि कोभिडबिरुद्धको बुस्टर डोज दिने भएको छ ।
सो वडाले विभिन्न १४ स्थानमा खोप केन्द्र तोकेर फाइजरको बुस्टर डोज दिन लागेको हो ।
वडा कार्यालयले बुस्टर डोज आगामी ३० साउनसम्म चल्ने बताएको छ ।
सरकारले पूर्ण खोप लगाएको तीन महिना पुगेका नागरिकलाई अनिवार्य रुपमा बुस्टर डोज लिन भनेको छ । कोभिडको संक्रमण बढ्दो क्रममा रहेका बेला स्थानीय तहले खोप अभियानलाई तिब्रता दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

