चौबिस घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि, ४३३ संक्रमणमुुक्त

104
Shares

काठमाडौँ, २२ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४३३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ७८९ नमुना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८६, ललितपुरमा ५४ र भक्तपुरमा २४ जना गरी उपत्यकामा मात्रै २६४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५०७ जना र संस्थागत आइसोलेसनमा १५२ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *