स्वास्थ्यमा काम गर्न सरकार अल्मलिएको भन्दै महासंघद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

मन्त्रालयमै पुगेर बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, १८ साउन । स्वास्थ्य कर्मी र स्वास्थ्य क्षेत्रमा गर्न सकिने सुधारका कार्यमा सरकार अल्मलिएको भन्दै नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको ध्यानाकर्षण गराएको छ ।

बुधबार दिउसो स्वास्थ्य मन्त्रालय महासंघका अध्यक्ष डा झलक गौतमको नेतृत्वमा पुगेको टोलीले स्वास्थ्य मन्त्री खापुङलाई भेट गरी १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यसअघि महासंघका तर्फबाट महासचिव डा सन्तोष पौडेलले १२ बुँदे पत्र पढेर सुनाएका थिए ।

महासंघले बुझाएको उक्त पत्रमा स्वास्थ्यकर्मीहरुको पेशागत समस्या तथा बृत्तिविकासलाई विशेष जोड दिईएको छ । यस्तै सरकारले गरेका गल्तीहरुलाई उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउदै तर्फ अघि बढ्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

‘यतिवेला स्वास्थ्य क्षेत्र निकै अन्योलमा परेको अवस्था छ । देशमा कोरोना बढ्दो क्रममा छ । तर सरकारले स्वास्थ्यकर्मीहरुलाई सही ठाँउमा व्यवस्थापन गर्न सकिरहेको छैन् । स्थानीय तहले धमाधम समायोजन गरेर गएका कर्मचारीलाई फिर्ता गर्न खोजेको छ । यस तर्फ पनि राज्यको ध्यानाकर्षण भएको पाईएन् । स्वास्थ्य बीमा कार्यक्रम अलमलमै छ । सबै स्वास्थ्य प्राविधिकलाई ग्रेडको व्यवस्था हुनुपर्ने त्यो भएको छैन्,’ महासंघका उपमहासचिव हिमालय तिवारीले ध्यानाकर्षण बुझाउनुपर्ने अवस्थाबारे जानकारी दिए ।

उनका अनुसार मन्त्रि खापुङले पत्र बुझिसकेपछि स्वास्थ्य क्षेत्र सुधारका लागि आफू लागि परिरहेको भन्दै स्वास्थ्यकर्मीहरुको समस्या समाधान चाडैं हुने आश्वासन दिए । उनले तत्काल हुने कामलाई एक दुई दिन भित्र र समय लाग्ने कामलाई विज्ञसंग छलफल गरेर अघि बढ्ने बताए ।

ध्यानाकर्षण गराउन जाने टोलीमा अध्यक्ष डा गौतम सहित उपाध्यक्ष भीमराज सिंह, महासचिव डा सन्तोष पौडेल, उपमहासचिव हिमालय तिवारी लगाएतका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *