बंगलादेशमा अध्ययन् गरी फर्केका नेपाली डाक्टरहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न

'नेपालको स्वास्थ्य क्षेत्रका लागि दक्ष जनशक्ति तयार गर्न बगलादेशको भूमिका महत्वपूर्ण'

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन बंगलादेशको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित बंगलादेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरुको पुनर्मिलन समारोहलाई सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री खापुङले नेपालको तेस्रो छिमेकी मुलुक बंगलादेशमा जसरी नेपाली डाक्टरले अध्ययन गर्ने मौका पाएका थिए उनीहरुले अहिले नेपालको स्वास्थ्य क्षेत्रलाई सहज ढंगले हाकी रहेको बताउँदै, यसका लागि बंगलादेश सरकार समेत धन्यवादको पात्र रहेको बताए । उनले पछिल्लो पटक स्वास्थ्य बाहेक बंगलादेश सरकारसंग उर्जा व्यापारको क्षेत्रमा समेत सरकारले सहकार्य गर्ने कार्य बढाएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा आरपी विच्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, बंगलादेशका लागि नेपालका पूर्वराजदूत द्धय प्राडा चोपलाल भुसाल, डा बंशीधर मिश्र, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल लगायतले बंगलादेशमा अध्ययन गर्दाका अनुभूति बताएका थिए ।

उनीहरुले नेपाल र अन्य छिमेकी मुलुकहरुमा चिकित्सा अध्ययन्को सहज पहुँच नभएका बेला धेरै नेपाली डाक्टरले बंगलादेशमा अध्ययन् गर्ने मौका पाएको बताए ।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीचको सम्वन्धको बारेमा चर्चा गर्दै दुई देशबीच स्वास्थ्य शिक्षामा सहकार्य हुँदै आएको बताएका थिए ।

कार्यक्रमको संयोजन गरेका डा राकेश साहले बंगलादेशबाट अध्ययन गरी फर्केका डाक्टरहरुको संख्या ५ हजार बढी पुगेको भन्दै नयाँ र पुराना डाक्टरबीच चिनजान गर्ने र परिआउँदा एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा डा भोला रिजाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो ।

सो समारोहमा बंगलादेशमा अध्ययन् पुरा गरि फर्केका २०० बढी नेपाली डाक्टरको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *