वीर अस्पताल र गेटा मेडिकल कलेज शिक्षण अस्पतालबीच सेवा सञ्चालन सम्वन्धी सम्झौँता

84
Shares

काठमाडौँ, ९ साउन । वीर अस्पताल र गेटा मेडिकल कलेज, अस्पताल कैलालीबीच सेवा आदानप्रदान सम्बन्धी समझदारी भएको छ।

कोभिड १९ यूनिफाईड केन्द्रीय अस्पताल (वीर अस्पताल) र गेटा मेडिकल कलेज, अस्पताल कैलालीबीच चिकित्सकीय सेवालाई बिस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी गरिएको उल्लेख छ।

‘कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) र गेटा मेडिकल कलेज, अस्पताल कैलाली बीच चिकित्सकीय सेवालाई विस्तार गरि प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि यी दुई स्वास्थ्य संस्थाहरुविच द्धिपक्षिय समझदारी गरि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरियो।’ समझदारी पत्रमा भनिएको छ।

द्धिपक्षिय समझदारीमा दुई अस्तालबीच विशेषज्ञ जनशक्तिको आदान प्रदान गर्ने उल्लेख छ। त्यसैगरी विशेषज्ञ चिकित्सकिय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोगको आदान प्रदान गर्दै अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदान प्रदान गरिने समझदारी पत्रमा उल्लेख छ।

समझदारीपत्रमा गेटा मेडिकल कलेज, अस्पताल कैलालीका निर्देशक डा प्रमोद जोशी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र कुमार बस्नेतले हस्ताक्षर गरेका छन्।

समझदारीले गेटा अस्पतालको सेवा प्रवाहमा थप सहयोग पुग्ने गेटा मेडिकल कलेज, अस्पताल कैलालीका निर्देशक डा प्रमोद जोशीले बताए। उनले एक आपसमा जनशक्ति र प्रविधिको आदानप्रदानले सेवाको गुणस्तरमा वृद्धिभई नागरिकले थप राहत पाउने बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *