अब भरतपुर अस्पतालमा उपचारका लागि जाने बिरामीले ओपिडी शुल्क तिर्न नपर्ने

816
Shares

चितवन, ८ साउन । अब देखि भरतपुर अस्पतालमा उपचारका लागि जाने बिरामीले ओपिडी शुल्क तिर्न नपर्ने भएको छ । शनिबार बसेको अस्पताल विकास समितिको बैठकले आजै देखि लागू हुने गरी ओपिडी टिकट निशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सो अस्पतालमा महिलाहरुले ओपिडीमा जाँच गर्न टिकट शुल्क तिर्नु पर्दैनथ्यो । यस्तै बीमामा आवद्ध भएका नागरिकले पनि ओपिडी टिकटको छुट्टै शुल्क तिर्नु पर्दैनथ्यो । यस बाहेकका बिरामीले भने ओपिडी टिकट लिँदा ३० रुपैयाँ तिर्नुपर्दथ्यो ।

‘भरतपुर अस्पतालको ओपिडीमा स्वास्थ्य जाँचका लागि दैनिक जसो आउने करीब १ हजार ५०० देखि २ हजार बिरामीमध्ये ठूलो संख्या स्वास्थ्य बीमामा आवद्ध भएकाहरु हुन्छन् । त्यसबाहेक यहाँ महिलाहरुका लागि ओपिडी शुल्क तिर्नु पर्दैन । महिलाहरुका लागि भरतपुर महानगरपालिकाले यसको खर्च तिरिदिने गरेको छ । यी दुई बाहेक बाँकी रहेका करीब २० प्रतिशतका लागि मात्रै ओपिडी टिकट शुल्क भनेर ३० रुपैयाँ लिने गरिएको थियो । आजबाट त्यो पनि निशुल्क भएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने ।

उनले अहिले ओपिडी पूर्ण निशुल्क गर्दा अस्पताललाई मासिक करीब ५ लाख रुपैयाँ घाटा हुने भएपनि यसले जनतालाई भने फाईदा हुने बताए । उनले अस्पतालमा पछिल्लो समय देखिदै आएको भीड व्यवस्थापनमा पनि यसले ठूलो सहयोग पुग्ने बताए ।

डा अधिकारी भन्छन्, ‘टिकट काटनका लागि लाइन लाग्यो, खुद्रा पैसा हुँदैन् । खोज्नु परयो । साट्नु परयो । यसले पनि काम ढिलो हुने र भिड बढ्ने गरेको निस्कर्ष निकाल्यौँ र पैसा तिर्ने सिस्टम नै हटाइदियौँ ।’

उनले टिकटबाट हुने आम्दानी राम्ररी व्यवस्थापन गर्न जानेमा अन्य स्रोत बढाएर परिपूर्ति गर्न सकिने हुनाले निशुल्कको निर्णय लिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “अब भरतपुर अस्पतालमा उपचारका लागि जाने बिरामीले ओपिडी शुल्क तिर्न नपर्ने

Leave a Reply to Sandesh kushwaha Cancel reply

Your email address will not be published. Required fields are marked *