भारतमा एकैदिन २० हजार बढी कोरोना संक्रमित थपिए, ३६ को मृत्यु

132
Shares

काठमाडौँ, ८ साउन । भारतमा कोरोना भाइरस संक्रमिको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो चौबिस घण्टामा २० हजार २७९ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी शुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ८८ हजार ७५५ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोनाबाट ३६ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोारोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २६ हजार ३३ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ५२ हजार २ सय जना सक्रिय संक्रमित छन् ।

कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *