केमसानको १६ औँ बार्षिक साधारण सभा सम्पन्न, भक्तबहादुर हमालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ, ८ साउन । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) अध्यक्षमा भक्तबहादुर हमाल निर्वाचित भएका छन् । काठमाडौँमा शनिबार सम्पन्न केमसानको १६ औं वार्षिक साधारण सभाबाट हमाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबारको सभाले हमाल नेतृत्वको टिमलाई निर्बिरोध रुपमा निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित हमाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् । यसअघि उनले सन् २०१५ देखि २०१७ सम्म केमसानको नेतृत्व लिइसकेका थिए ।

निर्वाचन संयोजक धिरज थपलियाका अनुसार केमसानको प्रथम उपाध्यक्षमा उमेशप्रसाद लामिछाने, महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेशप्रसाद सापकोटा निर्वाचित भएका छन्।

सदस्यहरुमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खडानन्द पाण्डे निर्वाचित भएको थपलियाले बताए । यो कार्यसमितिको पदावदी तीन वर्षको रहनेछ। केमसानको विधानमा द्धितिय उपाध्यक्ष तथा दुई जना कार्यसमिति सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ ।

गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने मुख्य उदेश्यका साथ स्थापित विसं २०६१ सालमा स्थापित केमसानको अहिले देशभर ८ वटा शाखा छन् । बार्षिक करीब ३८ अर्व बढी कारोवार गर्ने यो संस्थाका सदस्यहरु ५०० बढी पुगिसकेको बताइएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकाल, औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *