यस्तो देखियो केडीसीको ‘प्राविधिक स्वास्थ्य शिक्षा तथा शैक्षिक परामर्श मेला’ (फोटो फिचर)

872
Shares

काठमाडौँ, ७ साउन । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, कान्तिपुर स्कुल अफ डेन्टिष्ट्री र कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेजले संयुक्त रुपमा प्राविधिक स्वास्थ्य शिक्षा तथा शैक्षिक परामर्श मेलाको आयोजना गरेको छ ।

सो मेलामा एसईई उत्तीर्ण गरेपछि पढ्न सकिने सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) तथा डिप्लोमा ईन फार्मेसी कार्यक्रम तथा सर्टिफिकेट लेभल इन मेडिकल ल्याव टेक्नोलोजी तथा सर्टिफिकेट लेभल ईन डाइग्नोस्टिक रेडियोग्राफी विषयको महत्व र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका अवसरका बारेमा जानकरी दिइएको थियो ।

साथै सहभागीहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी परामर्श, औषधि सम्वन्धी परामर्श दिइएको थियो ।

मेलाको अगुवाई डेन्टल हाईजिनिष्ट, डिप्लोमा इन फार्मेसी अध्ययनरत विद्यार्थीको अगुवाईमा भएको विद्यार्थी दिनिशा खत्रीले बताईन् । मेलामामा सहभागीहरुलाई निशुल्क रुपमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिइएको थियो ।

मेलाको उद्घाटन नेपालका नेपालका लागि युनाइटेड अरब इमिरेट्स ९युएई०का राजदूत साइद हामदान अल नाक्विवीले गरेका थिए । सो अवसरमा उनले नेपालका दक्ष स्वास्थ्य प्राविधिकहरु युएईमा जान सक्ने बताए । उनले केडीसीसंग युएईका केलजहरुले सहकार्य गर्न सक्ने समेत बताए ।

कार्यक्रममा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले एसईई दिएका विद्यार्थीहरुलाई अब सिधै स्वास्थ्यका प्राविधिक विषय पढ्न पनि सकिन्छ र यो पढि सकेपछि के के फाइदा हुन्छ भन्ने विषयमा जानकारी दिन मेला आयोजना गरेको बताए ।

कुल २१ वटा स्टल रहेको मेलामा प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि राखिएको थियो ।

फोटो फिचर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *