दुर्गमका दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार, सुर्खेतमा ल्याएर सुरक्षित सुत्केरी

काठमाडौँ, ७ साउन । नेपाली सेनाले शुक्रबार हुम्ला र अछामबाट सुत्केरी हुन नसकेका दुई जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरि ज्यान जोगाएको छ । अछामबाट २० बर्षीया गर्भवती र हुम्लाबाट २४ बर्षीया गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुरयाईएको थियो ।
व्यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेकी तुर्माखाँद गाउँपालिका २ भुलुकी २० बर्षीया कृष्णा विकलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुरयाएको थियो । त्यहाँ उनले सकुशल रुपमा बच्चा जन्माएकी छन् ।
यस्तै ब्यथा लागेको दुई दिनसम्म सुत्केरी हुन नसकेकी हुम्लाको ताजाँकोट गाउँपालिका ४ की २४ बर्षीया दिलमाया शाहीलाई पनि सेनाले हेलिकप्टरबाट उद्धार गरि सुर्खेत अस्पताल पुरयाएको थियो । उनले पनि सुर्खेत अस्पतालमा सकुसल रुपमा सन्तान जन्माएकी छन् ।
सेनाले राष्ट्रपति उत्थान कार्यक्रममार्फत आवश्यकताको आधारमा दुर्गमका सुत्केरी तथा गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गर्दै आएको छ ।
यो कार्यक्रमले दुर्गम क्षेत्रका धेरै महिलाहरुको ज्यान जोगिएको छ ।
सम्पर्क इमेल : [email protected]