जनस्वास्थ्य संघले सोध्यो – एमपीएचको लाइसेन्स परीक्षा लिने आधिकारिक निकाय कुन हो ?
काठमाडौं, ६ साउन । नेपालमा अहिलेसम्म एमपीएचको लाईसेन्स परीक्षा सरकारका दूईवटा निकायहरु नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिने गरेको छ । दुबै निकायले एमपीएचको परीक्षा लिने आफूहरु नै आधिकारिक भएको दावी पनि गरेको छ ।
पछिल्ला केही दिन यता यो विषयमा चर्को वहस भएपछि नेपाल जनस्वास्थ्य संघले आफूलाई आधिकारिक हुँ भन्ने दुबै निकाय काउन्सिल र परिषद समक्ष दुईवटा प्रश्न तेर्याएको छ ।
पहिलो प्रश्नमा ‘विद्यमान ऐन कानून बमोजिम जनेपालमा जस्वास्थ्य व्यवसायीको दर्ता परीक्षा लिने आधिकारिक निकाय कुन हो ?’ भनेर सोधिएको छ । सोही प्रश्नमा ‘विद्यमान परिस्थितिमा के कारणले जनस्वास्थ्यको स्थानतकोत्तर (एमपीएच) विषय अध्ययन गरेका जनस्वास्थ्य विज्ञको एक भन्दा बढी निकायहरुमा दर्ता हुन आवश्यकता देखिन्छ ?’ भनेर जोडिएको छ ।
यस्तै दोस्रो प्रश्नमा ‘सरकारका दुबै निकायले दर्ता गर्ने जनस्वास्थ्यको स्नातकोत्तर एमपीएच विषयको मान्यता प्रान गरिएका विश्वविद्यालय, पाठ्यक्रम, न्युनतम मापदण्डमा के के फरक छन् । तहाँ परिषदको कुन कानूनी आधारमा नाम दर्ता परीक्षा सञ्चालन भएको छ र सो विषयको लागि कुन किसिमको मापदण्ड वा कार्यविधि बनाई नाम दर्ता परीक्षा सञ्चालन गरिएको छ ?; भनेर सोधिएको छ ।
संघका अध्यक्ष बसन्त अधिकारीको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधि मण्डलले काउन्सिल र परिषदका अधिकारीहरुलाई यहि प्रश्न सहितको पत्र बुझाएर फर्केको छ । ‘पछिल्लो पटकको यो विवादले एमपीएच अध्ययन गर्ने विद्यार्थीलाई समेत अन्योलता उत्पन्न भयो । यसको समाधान के हुन्छ । तत्काल निर्णय लिईयोस भनेर हामीले दुबै पक्षलाई ध्यानाकर्षण सहितको पत्र पठाएका हौँ,’ अध्यक्ष अधिकारीले भने ।
संघले स्वास्थ्य मन्त्रालयलाई बोधार्थ दिएर लेखेको पत्र यस्तो छ ।
सम्पर्क इमेल : [email protected]
हैन, जनस्वास्थ्य सङ्घ को आफ्नो अवधारणा पनि होला नि!
त्यो खै त??
उल्टै दुवै संस्थालाई बझाउने हो र??