लुम्बिनी मेडिकल कलेजमा पनि रोकियो स्वास्थ्य बीमा कार्यक्रम

पाल्पा, ३ साउन । तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटलले पनि स्वास्थ्य कायक्रम कार्यक्रम स्थगित गरेको जनाएको छ । हस्पिटलले आज एक सूचना जारी गर्दै राती १२ बजे देखि बीमा कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

सो अस्पतालमा १ भदौ २०७३ देखि रेफरल सेन्टर प्रथम विन्दुको रुपमा बीमा कार्यक्रम सञ्चालन भई रहेको थियो ।

सरकारले गत १५ जेठमा प्रस्तुत गरेको २०७९/८० को बजेट बक्तव्यमा २०७९ साउन १ देखि स्वास्थ्य बीमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालमा मात्रै सञ्चालन हुने बताएको थियो ।

लुम्बिनी मेडिकल कलेजले छ वर्ष देखि सञ्चालन गरेको कार्यक्रम स्थगन गर्नुमा बजेट बक्तव्यलाई कारण भएको उल्लेख गरेको छ । मेडिकल कलेजका प्राचार्य डा राजुप्रसाद शाक्यले जारी गरेको सूचनामा सरकारले सामुदायिक र सरकारी जस्तै निजीले पनि यो सेवा सञ्चालन गर्न सक्ने भन्दै निर्देशन दिएमा आफ्नो अस्पतालबाट बीमा कार्यक्रम पुन सञ्चालन हुने उल्लेख गरेको छ ।

यसअघि चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, बीएण्डसी अस्पताल लगायतका ठुला संस्थाहरुले बीमा कार्यक्रम स्थगित भएको जानकारी गराईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *