‘आईडीएफ’को ‘फिजिसियन एक्टिभिटी इप्लिमेन्टेसन कमिटी’ सदस्यमा डा. यादव चयन

धरान, १२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मधुमेहरोग विशेषज्ञ डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)को को फिजिसियन एक्टिभिटी इप्लिमेन्टेसन कमिटिको सदस्यमा चयन भएका छन् । विश्वका सयौँ देशका विज्ञहरूमध्येबाट उक्त समितिमा चयन भएका शीर्ष १० विशेषज्ञहरूमा नेपालका तर्फबाट डा. यादव पर्न सफल भएका हुन् ।
विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था (आईएसडी) ले मधुमेह तथा यसका जटिलताहरू रोकथाम गर्न शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो समिति गठन गरेको हो । समितिले एक्टिभेट, एक्टिभेट एक्टिभेट र प्रिभेन्सन, प्रिभेन्सन, प्रिभेन्सन, भन्ने मूल नाराका साथ कार्य गर्नेछ ।
प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले डा. यादव विगत लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथाममा सक्रिय भएको बताए । यसगरी डाक्टर यादवले विभिन्न रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल जस्ता श्रव्य(दृश्य माध्यमहरूका साथै प्रत्यक्ष जनचेतनामूलक अभियानहरू मार्फत समाजमा मधुमेह रोकथाम र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउन निरन्तर महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय स्तरको यस शीर्ष १० को सूचीमा नेपालको प्रतिनिधित्व हुनु प्रतिष्ठानका साथै देशकै लागि पनि एउटा महत्वपूर्ण उपलब्धि र गर्वको विषय हो प्रवक्ता डा श्रेष्ठले भने डा. यादवको उक्त सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई अझ उच्च बनाउने र स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
