काठमाडौँमा आजबाट कोभिडबिरुद्धको तेस्रो मात्रा खोप अभियान सञ्चालन गरिदै

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेका १८ बर्ष माथिका नागरिकलाई तेस्रो मात्रा खोप दिईंदै

काठमाडौँ, ३ साउन ।  स्वास्थ्य कार्यालय काठमाडौँले आजबाट जिल्लाभर कोभिडबिरुद्धको तेस्रो मात्रा खोप दिने अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य कार्यालयले यसअघि सुरु गरेको तेस्रो डोज लगाउने कार्यक्रममा अपेक्षाकृत खोप कभरेज नबढेपछि पुन अभियान सुरु गर्न लागेको हो ।

अहिलेसम्म काठमाडौँमा जम्मा २३ प्रतिशतले तेस्रो मात्रा खोप लगाएको तथ्यांक उल्लेख छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र यसअघि कम कभरेज भएका कारण तेस्रो मात्रा खोप दिन अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीले बताए ।

अधिकारीका अनुसार आज देखि सुरु हुने यो खोप अभियानमा १८ बर्ष माथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिईदैछ । यो अभियान काठमाडौँका महानगरसंगै ११ वटै नगरपालिकामा आगामी शुक्रबारसम्म चल्नेछ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकले खोप तेस्रो मात्रा खोप लिन सक्नेछन् । ती सबैलाई कोभिसिल्ड खोप दिईदै छ ।

यसअघि जुनसुकै खोप लगाएको भएपनि तेस्रो मात्रा कोभिसिल्ड दिदा अत्यन्त प्रभावकारी पाईएकोले यसो गर्न लागिएको अधिकारीले दावी गरे ।

तेस्रो डोज खोप लिन बाँकी व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर लिन सकिने बताइएको छ । खोप कार्ड वा परिचय पत्र नभएपनि यसपटक खोप लगाउन पाउने व्यवस्था मिलाइएको अधिकारीले बताए ।

‘हामी यसपटक अलिकति फ्लेक्जिवल भएका छौँ । खोप कार्ड वा अन्य परिचय पत्र नै चाहिन्छ भन्ने छैन् । खोप लगाईसकेपछि हामीले नयाँ कार्ड भने बनाईदिनेछौँ,’ उनले भने ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणलाई प्रभावहीन बनाउन खोप सबैभन्दा उपयुक्त माध्यम बनेको छ ।
यतिवेला सरकारसंग पर्याप्त मात्रामा कोभिडविरुद्धको खोप छ ।

तर लगाउने मान्छे उपलव्ध नहुँदा म्याद गुज्रिएर खेर जानसक्ने संकेत देखिएको छ ।

त्यसैले पनि सरकारले पुन: अभियान संचालन गर्न खोजेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *