स्वास्थ्यमा क्रियाशील पेशागत संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने


काठमाडौँ, १ साउन । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । आइतबार क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका प्रतिनिधिसंग गरेको छलफलका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले सो जानकारी दिएका हुन् ।

छलफल पछि बोल्दै राज्यमन्त्री केसीले भने, ‘स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ । कार्यदलले समस्यामात्रै होइन मन्त्रालयलाई सुझावपनि दिनेछ । कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? दिर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्नेछ । त्यहि अनुसार अघि बढ्न सकिन्छ ।’

उनले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सकारात्मक रहेको समेत बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुसंग संगै रहेर काम गर्दै आएको बताए । डा.पोखरेलले आफ्ना हकहित संगै जनतासंग जोडिने गरी काम गर्नुपर्ने बताए ।

स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भिर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए ।

स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरशं पालना हुनुपर्ने बताए ।

उनले भने, स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबिच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता,स्वास्थ्यलाई संघमा राख्ने, समायोजन लगायत विवीध विषयमा सम्झौता भयो । ती सम्झौता कार्यान्वयन हुनुपर्ने देखिन्छ । ’

सहभागी सरोकारवालाहरुले कानुन सम्मत भएको स्तरबृद्धी किन बदर भयो ? भन्दै प्रश्न गरे । यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो गरे ।
स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.संगीता कौशल मिश्राले गरेकी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *