चिकित्सा शिक्षा अध्ययनका लागि आयोगले तोक्यो नयाँ शुल्क (सूची सहित)

712
Shares

काठमाडौँ, ३१ असार । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ समूहका लागि चिकित्सा शिक्षा अध्ययन् गर्न नयाँ शुल्क तोकेको छ । आयोगले गत १७ जेठमा बसेको आयोगको बैठकले निर्धारण गरेको शुल्कको सूची सार्वजनिक गरेको हो ।

त्यसबेला बैठकले गतवर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो ।

कति हुने भयो नयाँ शुल्क ?

शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । बृद्धि भएपछि अब विद्यार्थीहरुले एमबीबीएसको लागि उपत्यका भित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ तिर्नु पर्नेछ ।

उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२० रुपैयाँ पुगेको छ ।

त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २९० रुपैयाँ पुगेको छ ।

बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

हेर्नुहोस आयोगले तय गरेको नयाँ शुल्क सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *