बालबालिकालाई दिइने फाइजरको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

काठमाडौं, ३१ असार । कोभ्याक्स सुविधा अन्तरगत थप १० लाख डोज कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौँ आइपुगेको छ ।

अमेरिकाले थप १० लाख ८ हजार फाइजर भ्याक्सिन नेपाललाई दिएको हो । ५ देखि १२ वर्षसम्मका लागि लगाउन मिल्ने उक्त परिणामको खोप बिहीबार नै नेपाल आइपुगेको हो ।

नेपालस्थित अमेरिकी दुतावासको अनुसार यस अघि नै ४० लाख डोज खोप नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

कोभ्याक्सले ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई दुई मात्रा खोप दिनका लागि आवश्यक ठानिएको ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने जनाईसकेको छ । माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालले आफ्नो क्षमता अनुसार चरणवद्ध रुपमा खोप मगाउने गरेको छ ।

सरकारले यसअघि नै ९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिईसकेको छ । सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने बताइएको छ ।

यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *