स्वास्थ्यमन्त्री खापुङले गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण
कास्की, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन ।
उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिए । निरीक्षणका क्रममा उहाँले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए ।
मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]