चौबिस घण्टामा थपिए १७७ जना कोरोना संक्रमित, ८७३ सक्रिय संक्रमित

उपत्यकामा मात्रै १०४ जना थपिए
120
Shares

काठमाडौँ, २८ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १७७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४१ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार १ हजार ८०५ जनाको पीसीआर नमुना परीक्षण गर्दा १४४ जनामा र १ हजार ३२१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९०, भक्तपुरमा १ र ललितपुरमा १३ गरी उपत्यकामा १०४ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ८५३ जना र संस्थागत आइसोलेसनमा २० जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ११ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *