एकैदिन थपिए १६८ जना कोरोना संक्रमित, ३७ जना डिस्चार्ज

96
Shares

काठमाडौँ, २७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ३७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२९ जनामा र १ हजार १८६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२, भक्तपुरमा ३ र ललितपुरमा ७ गरी उपत्यकामा ९२ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ७४९ जना र संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा १२ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *