एकैदिन थपिए १६८ जना कोरोना संक्रमित, ३७ जना डिस्चार्ज

काठमाडौँ, २७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ३७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२९ जनामा र १ हजार १८६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२, भक्तपुरमा ३ र ललितपुरमा ७ गरी उपत्यकामा ९२ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ७४९ जना र संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा १२ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *