औषधि व्यवस्था विभागले भन्यो, ‘नेपालमा दर्ता नभएको बायोडी ड्रप्स प्रयोग नगर्नुहोस्’

336
Shares

काठमाडौँ, २३ असार । औषधि व्यवस्था विभागले जी ल्यावरोटोरी इन्डियाबाट उत्पादित बायोडी ड्रप्स  (भिटामिन डी -३) बच्चाहरुलाई सेवन नगराउन अभिभावकहरुलाई अनुरोध गरेको छ ।

विभागले यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर (एडभर्स इफेक्ट) देखिएको जानकारी अस्पताल तथा सञ्चारमाध्यमबाट प्राप्त भएको भन्दै आम अभिभावकलाई प्रयोग नगर्न भनेको हो । उसले दर्ता नभएको यो ड्रप्सलाई नेपालमा आयात तथा बिक्री बितरण नगर्न समेत चेतावनी दिएको हो ।

न्युट्रास्यिुटिक्लस प्रडक्टको रुपमा भारतमा उत्पादित यो ड्रप्स लुकीचोरी रुपमा नेपाल भित्रिएको छ । यो ड्रप्सले बच्चाहरुलाई स्वस्थ राख्न मद्धत गर्ने भन्दै आम अभिभावकले खरीद गर्दै प्रयोग गर्ने गरेको पाइएको छ ।

विभागले आज जारी गरेको सूचनामा कतिपय फर्मास्युटिकल्स डोज फर्ममा जस्तै ट्याब्लेट, क्याप्सुल तथा झोल लगायतका औषधि र त्यसका समिश्रणहरु बजारमा खाद्यपुरक सामाग्रीहरुको रुपमा अत्यधिक मात्रामा पैठारी गरी संचय, बिक्रि बिरतण र प्रयोग भइरहेको जानकारी पाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

उसले औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने यस्ता वस्तुलाई ऐनको दफा २५ अनुसार २०४९ सालमा नै राजपत्रमा सूचना प्रकाशित गरी प्रतिवन्ध गरिएको समेत उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *