चौबिस घण्टामा थप ९० जनामा कोरोना संक्रमण, २० जना डिस्चार्ज

उपत्यकामा ५२ जना थपिए
84
Shares

काठमाडौँ, २१ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ९० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७३ जनामा र १ हजार १ सय ६८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४३, भक्तपुरमा २ र ललितपुरमा ७ गरी उपत्यकामा ५२ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४ सय १ रहेको छ । कुल सक्रिय संक्रमितमध्ये काठमाडौँमा २१९, लितिपुरमा ३४ र भक्तपुरमा १० जना रहेका छन् ।

आज होम आइसोलेसनमा ३ सय ९९ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा २ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *