चौबिस घण्टामा थप ५३ जनामा कोरोना संक्रमण, ३३३ सक्रिय संक्रमित

काठमाडौँ, १९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार १६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३९ जनामा र ९५८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टी भएको हो
देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ । हिजो सक्रिय संक्रमितको संख्या ३ सय १४ थियो । आज होम आइसोलेसनमा ३ सय २९ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।
त्यसैगरी आइसीयूमा ४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



