चौबिस घण्टामा थप ५३ जनामा कोरोना संक्रमण, ३३३ सक्रिय संक्रमित

काठमाडौँ, १९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार १६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३९ जनामा र ९५८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टी भएको हो

देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ । हिजो सक्रिय संक्रमितको संख्या ३ सय १४ थियो । आज होम आइसोलेसनमा ३ सय २९ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *