सशस्त्रका प्राविधिक प्रहरी निरीक्षक डा. साहलाई सोध्यो, ‘तपाईँलाई विभागीय कारवाही किन नगर्ने ?’
काठमाडौँ, १९ असार । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा सुजीतकुमार साहलाई सेवाबाट किन नहटाउने भन्दै पुन स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै लामो समय देखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको र सम्पर्क गर्ने प्रयासमा पनि फेला नपरेपछि सेवाबाट हटाउने योजनामा पुगेको उल्लेख छ ।
डा साहलाई मन्त्रालयले यसअघि गत २ असारमा पनि गोरखापत्रमा गैर हाजिर भएको बारेमा ७ दिन भित्र कारण पेश गर्न भनेको थियो । तर सो सूचनाको समेत उनले वेवास्ता गरेपछि सेवाबाट हटाउने तर्फ प्रक्रियाअघि बढेको हो ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमको कसुरमा तपाईँलाई विभागीय सजाय किन नदिने ? नदिनुपर्ने कारण भए बाटोको म्याद बाहेक ७ दिन भित्र मन्त्रालयमा स्पष्टीकरण पेश गर्नु भनिएको छ ।
डा साह गत १३ बैशाख देखि जानकारी विना नै अनुपस्थित रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]