बैतडीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, साढे ३ सय लाभान्वित

52
Shares

बैतडी, १८ असार । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

पाटन नगरपालिकाको सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन् ।

सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिइन् । उनले भनिन् “बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, लुतो, श्वासप्रश्वासको समस्या देखिएको छ, हामीले निःशुल्क औषधि वितरणका साथै परामर्श पनि दिएका छौँ ।” शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, परामर्श सेवा र निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरपायकमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच पुर्चौंडी नगरपालिका–१० मा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा ३६२ जनाले सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *