स्वास्थ्य क्षेत्रमा लगानी : स्थानीय सरकारको लोकप्रियताको बलियो आधार

– सुरेन्द्र अवस्थी

स्थानीय तहमा जनताहरुले ठूलो आस र भरोसाका साथ आफ्नो मत र स्थानीय सरोकारका समस्याहरुको ठूलो भारी बोकाएर आगामी पाँच वर्षकालागि आफ्नो भाग्य र भविष्यको फैसला गर्नें अधिकार सहित नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्वदायी भूमिकामा पठाएका छन् ।

हरेक उम्मेदवार वा पार्टीको चुनाबी प्रचारप्रसार होस् या चुनाबी घोषणा पत्र त्यसमा सबै भन्दा बढी लेखिने र बोलिने शब्द हो “स्वास्थ्य” तर निर्वाचित भैसकेका अधिकांस स्थानीयतहका जनप्रतिनिधिहरु संग आगामी पाँच बर्ष भित्र स्वास्थ्य क्षेत्रमा के गर्ने कसरी गर्ने भन्ने स्पष्ट भिजन र कार्ययोजना देखिदैन।

नेपालको संबिधान २०७२ ले प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको पहुँच र आधारभूत स्वास्थ्य सेवाको निशुल्क प्राप्तिको सुनिश्चततालाई मौलिक हक(धारा ३५)को रुपमा स्थापित गरेको छ । साथै संबिधानको अनुसूची ८ (स्थानीय तहको अधिकार सूची) मा आधारभूत स्वास्थ्य र सरसफाईको पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ । र,  स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ (११झ) मा आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धि स्थानीय तहको काम कर्तव्य र अधिकार स्पष्ट उल्लेख छ । तर अझै पनि कतिपय स्थानीय जनप्रतिनिधिहरुलाई आधारभूत स्वास्थ्य सेवा संघ र प्रदेश कै दायित्वको बिषय हो कि भन्ने भ्रम रहेको पाईन्छ ।

स्थानीय जनप्रतिनिधिहरुले संबिधान र कानूनले स्वास्थ्य सम्बन्धि दिएको न्युनतम अधिकार मात्रै प्रयोग गरेर आफ्नो कर्तव्य पालना गर्ने हो भने पनि न्युन लगानीमा अधिकतम प्रतिफल हासिल गर्ने सकिने धेरै आधारहरु छन् । कतिपय समुदाय स्तरका स्वास्थ्यका कार्यक्रमहरुलाई पैसाको भन्दा पनि सक्षम नेतृत्व, स्पष्ट नीति, बैज्ञानिक कार्ययोजना, उचित नियमन, उत्प्रेरणा र पुनर्ताजकीको खाँचो छ । जो शुन्य आर्थिक लगानीमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोगी हुनेछन् र कतिपय कार्यक्रमहरु न्यून लगानीमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने खालका कार्यक्रमहरु छन् ।

विकासका अरु क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र संबेदनशील र प्रत्यक्ष जनताको जीवन संग जोडिएको बिषय भएको हुँदा यससम्बन्धमा आम जनसमुदायको बढी अपेक्षा ,चासो र गुनासो हुनु स्वाभाविक हो तसर्थ जनभावना र अपेक्षालाई समेटेर यो पाँच वर्षको अन्तरालमा स्वास्थ्य क्षेत्रमा कम्तिमा पनि तल उल्ल्नेखित कामहरु गर्न सके महत्वपूर्ण सुचकहरु हासिल हुनुका साथै हरेक जनप्रतिनिधिको आफ्नो कार्यकालको उत्कृट कार्यसम्पादनको दस्ताबेज तयार हुनेछ। साथै जनताको मनमस्तिष्कमा बस्न सफल भईनेछ।

१.स्थानीय तहको पाँच वर्षे स्वास्थ्य क्षेत्र रणनीतिक योजना
कुनै पनि उदेश्य हासिल गर्नका लागि योजना एक महत्वपूर्ण हतियार हो झन् स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको लागि त योजनाको अति नै महत्व हुन्छ । योजना निर्माणका लागि सबभन्दा पहिले बर्तमान अवस्थाको बैज्ञानिक मुल्यांकन गर्न जरुरी छ ।

यसले हाम्रो हालको अवस्था वा धरातलको प्रस्ट तस्बिर दिन्छ। स्वास्थ्यका समग्र सूचकहरुलाई समेटिने गरि तथ्यांक संकलन र प्रसोधन गरेर एक रिपोर्ट तयार गरि सोको आधारमा लगानीको अनुमान सहित आगामी पाँच वर्षमा संचालन गर्नु पर्ने कार्यक्रम,सम्पादन गर्नुपर्ने काम,जिम्मेवारी र कर्तव्य सहित बार्षिक रुपमा हासिल गर्नुपर्ने उपलब्धि (सुचक) समाबेश गरेर रणनीतिक योजना तयार गरि प्रभावकारी कार्यान्वन गर्ने र गराउने।नियमित अनुगमन र वार्षिक प्रगती समिक्षालाई थप प्रभावकारी बनाउने। यसले गर्दा तथ्यमा आधारित स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुनेछ।

(यो रणनीतिक योजना निर्माणको लागि सम्भव भए सम्म कम्तिमा पनि जनस्वास्थ्यमा स्नातक गरेको व्यक्तिको नेतृत्वमा गराउने)

२. स्वास्थ्यकर्मी व्यवस्थापन
समुचित मानवसंसाधनको प्रयोग बिना प्रभावकरीरुपमा कार्यसम्पादन गराउन सकिदैन् । त्यसैले अनावाश्य कर्मचारी भर्ना भन्दा स्वास्थ्य सेवाले मागेको र आवश्यकताका आधारमा दक्षजनशक्तिको दीर्घकालीन र आवधिक व्यवस्थापन गर्ने ।

३. स्थानीय आधारभूत स्वास्थ्य र सरसफाई नीति
नेपालको संबिधान, संघीय कानून, राष्ट्रिय स्वास्थ्य नीति र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो मौलिक आधारभूत स्वास्थ्य र सरसफाई नीति तयार गर्ने र कार्यान्वन गर्ने।

४. स्वास्थ्य सरोकारका कानुन निर्माण र कार्यान्वन
संबिधान र प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सम्बन्धि आवश्यक पर्ने ऐन नियमहरु निर्माण गरि प्रभावकारी कार्यान्वन गराउने जसले गर्दा स्थानीय स्वास्थ्य सेवा र सरसफाईको नियमित अनुगमन मुल्यांकन,कार्यक्रमहरुको प्रभावकारी कार्यान्वन र गुणस्तर कायम गर्न टेवा पुग्नेछ।

जस्तै :

  • स्थानीय फोहिरमैला ब्यबस्थापन ऐन
  • खानेपानी तथा खाध्यपदार्थको गुणस्तर नियमन ऐन
  • स्वास्थ्य संस्था संचानल,ब्यबस्थापन तथा नियमन ऐन इत्यादी

५ नसर्ने रोग रोकथाम तथा नियन्त्रण
नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको अवस्था छ।बिश्व स्वास्थ्य सङ्गठका अनुसर नसर्ने रोगले हाल कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ समयमै आवश्यक कदम नचालिने हो भने नसर्ने रोगले थप भयावह रुप लिने निश्चित छ । त्यसैले हरेक तहका सरकार बाट समयमै प्रभावकारी कदमको आवश्यकता छ।

यस सम्बन्धमा स्थानीय तहहरुले निम्न काम गर्न सक्नेछन् :

  • विद्यार्थीहरुमा स्वस्थकर जीवनशैलीको विकास गर्न विद्यालय स्तरको पाठ्यक्रममा स्वस्थकर जीवन शैली र योग शिक्षा समाबेश गर्ने
  • हरेक स्वास्थ्य संस्थामा नसर्ने रोग सम्बन्धि परामर्श कक्ष स्थापना गर्ने र स्वास्थ्यकर्मीहरुलाई उचित तालिम दिई कम्तिमा दुई जना स्वास्थ्य कर्मीलाई परामर्सकर्ताको जिम्मेवारी दिने
  • समयमै रोगको निदान गर्नको लागि समुदाय स्तरमै कम्तिमा पनि ६र६ महिनाको फरकमा उच्चरक्त चाप,मधुमेह,किड्नी फङ्सन टेस्ट(युरिन एल्बुमिन),पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि स्क्रिनिंङ क्याम संचालन गर्ने
  • स्वस्थ जीवनशैली प्रबर्धन गर्न योग केन्द्र,व्ययम केन्द्र,ध्यन केन्द्र आदि निर्माण गरेर संचालनमा ल्याउने

६. स्वास्थ्य बीमा
हरेक नागरिकको आर्थिकभार रहित आधारभूत स्वास्थ्य सेवा उपभोग गर्न पाउनुपर्ने हकलाई सुरक्षित गर्नकालागी सम्मुर्ण नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने र पहिलो सेवा बिन्दु स्थानीयस्तरकै स्वास्थ्य संस्था बनाउन पहल गर्ने।

७. आकस्मिक स्वास्थ्य सेवा
मौजुदा जनशक्ति वा जनशक्ति थप गरेर स्वास्थ्य चौकीहरुबाट समेत आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न सके आकस्मि स्वास्थ्य सेवाबाट कुनैपनि नागरिकले बन्चित हुनुपर्ने थिएन।

८.एकीकृत स्वास्थ्य शिबिर
सेवाको पाहुचबाट टाढा रहेका समुदायमा कम्तिमा पनि वर्षको दुइपटक बिशेषज्ञ चिकित्शक सहितको एकीकृत स्वास्थ्य शिबिर संचालन गर्न सके समयमै रोगको निदान,उपचार,प्रेषण भै रोगका कारणबाट हुने सामाजिक,आर्थिक र मानवीय क्षतिलाई समयमै न्यूनीकरण गर्न सकिन्छ।

९.समुदाय स्तरका कार्यक्रमहरुको प्रभावकरी कार्यान्वन

  • खोप सेवा,गाउँघर किल्निक सेवालाई थप प्रभावकारी बनाउने,आवश्यताको आधारमा खोप किल्निकरगाउँघर क्लिल्निक निर्माण गर्ने।
  • आमा समुहको वैठकमा स्वास्थ्यकर्मिको अनिवार्य उपस्तिथिको सुनिस्चितता गर्ने र स्वास्थ्य प्रबर्धनका कार्यक्रमहरु संचालन गर्ने।
  • क्षयरोग लगाएत अन्य सरुवारोगहरुको नियमित खोजपडताल गर्ने प्रभावकारी ब्यबस्था मिलाउने।

१०. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई कार्यसम्पादनमा आधारित प्रोत्साहनको ब्यबस्था गर्ने

११. बिद्यालय स्वास्थ्य कार्यक्रम
माध्यमिक विद्यालय हुँदै हरेक विद्यालयमा स्वास्थ्य प्रबर्धनका लागि एकरएक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।
१२. राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी कार्यान्वन र अनुगमन गर्ने

१३.स्थानीय स्वास्थ्य,सरोकार र समस्याका बिषयहरुलाई समेटेर स्थानीय भाषामा स्वास्थ्य सुचना सामग्री उत्पादन,बितरण र प्रसारण गर्ने
१४.आकस्मिक सेवाका लागि आकस्मिक उपचार सहायता कोष र निशुल्क एम्बुलेन्स सेवाको ब्यबस्था गर्ने
१५. स्वास्थ्य क्षेत्र लोकप्रिय कार्यक्रम घोषणा र कार्यान्वन

स्थानीय स्तरको स्वास्थ्य सेवा र समस्यालाई मध्यनजर गरेर मेयर र अध्यक्ष स्वास्थ्य कार्यक्रम,उपमेयर र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम,वडाध्यक्ष स्वास्थ्य कार्यक्रम घोषणा र कार्यान्वन गर्नें।

जस्तै मेयर जेष्ठ नागरिक कार्यक्रम ,उपमेयर महिला स्वास्थ्य कार्यक्रम आदि। यसले गर्दा स्वास्थ्य सेवामा सहयोग पुग्छनै साथसाथै जनताहरुको जनप्रतिनिधिहरु प्रतिको बिश्वास र लोकप्रियता थप उचाईमा पुग्नेछ।

# पुर्चौडी नगरपालिका,बैतडीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अवस्थी हाल होप इन्टरनेशनल कलेज ललितपुरमा जनस्वास्थ्य विषयमा स्नातक (बीपीएच) अध्ययन गर्दैछन् ।


Leave a Reply

Your email address will not be published.