उपत्यकामा थप २ जनामा हैजा पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि १५ गते (आज) सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो।

यसअघि काठमाडौंको बागबजारमा २ जना, ललितपुरको सानेपमा १ जना, थानकोटमा १ जना, नैकापमा १ जना, बल्खुमा १ जना, बालाजुमा १ जना, डिल्लीबजारमा १ जनामा हैजा भेटिएको थियो ।

हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। साथसाथै जनचेतनाका कामहरु पनि अघि बढाएको बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *