प्रवेश परीक्षामा सहभागी हुन प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मीले पनि संघीय मन्त्रालयबाट पूर्व स्वीकृति लिनु पर्ने

काठमाडौँ, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तथा प्रदेश तहको कानून नबनेसम्म त्यहाँ कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले संघीय स्वास्थ्य मन्त्रालय वा विभागबाटै पूर्व स्वीकृति लिनुपर्ने बताएको छ ।

स्थानीय वा प्रदेश तहमा कार्यरत कतिपय स्वास्थ्य सेवाका कर्मचारीले आफू कार्यरत स्थानबाटै पूर्व स्वीकृति लिई प्रवेश परीक्षामा सहभागी हुन थालेपछि संघीय मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पूर्व स्वीकृति, अनुमति तथा विदा लिने कामहरु तत्कालका लागि संघीय मन्त्रालय वा विभागबाट मात्रै हुने गरी व्यवस्था मिलाईएको बताएको छ ।

मन्त्रालयले गत ७ असारमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सचिवस्तरीय निर्णय गरी नयाँ व्यवस्था लागू गरिएको समेत स्पष्ट पारेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *