ट्रमा सेन्टरको मेसुमा डा. प्रमोद यादव, गेटा अस्पतालमा डा. प्रमोद जोशी नियुक्त

556
Shares

काठमाडौँ, ९ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगर्तको राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त भएका छन् ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा यादवलाई ट्रमामा ल्याएसँगै ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा प्रमोद जोशीलाई प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाउने भएको छ । क्याबिनेट बैठकले जोशीलाई गेटामा पठाउने प्रस्ताव गरिसकेको छ।

डा. जोशीले लामो समय धनगढीस्थित सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा काम गरेका थिए।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजमा निर्माण भइरहेको मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *