काठमाडौँ महानगरमा पानपराग र गुड्खा प्रतिवन्ध गर्न नगरसभा सदस्यको माग

नगरसभा बैठकमा बुधबार बोल्दै नगरसभा सदस्य टेकराज अधिकारी

काठमाडौँ, ९ असार । काठमाडौँ महानगर भित्र पानपराग र गुड्खा प्रतिवन्ध गर्न नगरसभा सदस्यले माग गरेका छन् । महानगर अन्तरगर्त वडा नं ९ बाट प्रतिनिधित्व गर्ने नगरसभा सदस्य टेकराज अधिकारीले महानगरलाई पानपराग र गुड्खामुक्त गराउन माग गरेका हुन् ।

‘काठमडौँमा पानपराग र गुड्खाले असाध्यै सबैतिर फोहर भईरहेको छ । बाटो चोक नाली गल्ली सबै तिर फोहर छ । यसको खोल जथाभावी फ्याक्दा ढल नदी जाम गराएको छ । अब यसलाई एउटा दुईवटा वडाबाट प्रतिबन्ध नै लगाउनु पर्छ । यो आम जनताको माग छ । मेयर साव पनि उत्साहित बनेर आउनु भएको छ । त्यसैले सुझावको रुपमा यो दिन चाहन्छु,’ बुधबार महानगरपालिकाको एघारौँ अधिवेशनको नगरसभा पहिलो बक्ताको रुपमा बोल्ने क्रममा उनले भने ।

त्यसो त पानपराग र गुड्खाले जति शहरलाई फोहर बनाईरहेको छ, त्यो भन्दा बढी असर प्रयोगकर्ताको स्वास्थ्यमा पारि रहेको छ । सुर्तीजन्य पदार्थको एउटा प्रकारमा पर्ने यो अखाद्य पदार्थहरुलाई सरकारले नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन समेत बनाईसकेको छ । तर यसको राम्ररी कार्यान्वयन हुन सकेको छैन् । महानगरले यसलाई प्रतिवन्ध लगाएको खण्डमा महानरगको बाताबरण त स्वच्छ त हुन्छ नै आम नगरबासीको स्वास्थ्यमा समेत सुधार आउँछ ।

अधिकारीले सभामा स्वास्थ्यका अन्य मुद्धा समेत उठाएका थिए । उनले देशभर लागू भएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ महानरपालिका भित्र लागू हुन नसकेको भन्दै त्यसका लागि पहल गर्न समेत मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराए ।

उनले आफू रेडक्रसकर्मी समेत भएको र महानगरभित्र रगतको सधै अभाव भइरहने भएको भन्दै महानगरले रक्तदान अभियानलाई केही आर्थिक सहयोग उपलव्ध गराउन समेत ध्यानाकर्षण गराए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *