हैजा शंकास्पद थप एक जना बिरामी टेकु अस्पतालको आईसीयूमा

काठमाडौँ, ६ असार । काठमाडौँमा हैजाको संक्रमण फैलिएको आभास हुन थालेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)मा हिजो तीन जना शंकास्पद बिरामी भर्ना भएकोमा आज एक जना त्यस्तै बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ ।

अस्पतालकी निर्देशक डा मनिषा रावलले कालिमाटी फलफुल तथा तरकारी बजारमा काम गर्ने ४० बर्षीया महिलालाई हैजाको आशंकामा अस्पतालको आईसीयूमा भर्ना गरिएको बताईन् । ‘आज अस्पतालको आकस्मिक कक्षमा आउँदा उहाँको रक्तचाप एकदमै न्युन थियो । प्रारम्भिक उपचार गरी तत्कालै आईसीयूमा सिफ्ट गर्न सफल भयौँ । यद्धपी उहाँको रिपोर्ट आई नसकेकोले हैजा नै हो भन्ने एकीन गर्न भने सकिएको छैन्,’ उनले भनिन् ।

डा रावलले आज आएकी महिलामा देखिएको लक्षणले हैजा नै हो भनेर अनुमान गर्न बल पुगेको बताईन् । ‘एकैदिनको डायरियाले मानिस सकमा पुगेर आईसीयूमै भर्ना गर्नुपर्ने अवस्था हुदैनथ्यो होला । त्यसैले हामीले हैजा हो कि भनेर आशंका गरेका छौ । यद्धपी रिपोर्टले के भन्छ, आउन पनि बाँकी नै छ’ उनले भनिन् ।

यसअघि टेकु अस्पतालमा उपचाररत काठमाडौँ बागबजारका दुई दिदी बहिनीलाई हैजा पोजेटिभ पुष्टि भएको छ । यस्तै आइतबार भर्ना भएका दुई पुरुषमा पनि आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको कल्चर रिपोर्ट आईसकेको छैन् ।

गर्मी बर्खा र केही साता देखि सडकमा थुप्रिएको फोहरले काठमाडौँमा हैजाको जोखिम बढाउन सक्ने विज्ञहरुले बताउँदै आएका थिए । पछिल्ला केशहरुले विज्ञहरुको अनुमानलाई सहि देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *