सरकारले उपचारबापतको रकम नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम स्थगित
काठमाडौँ, ३ असार । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।
अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नेपाल सरकार स्वास्थ्य विमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम असार १५ गतेबाट स्थगित गर्ने निणर्य गरेको हो ।
अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]