स्वास्थ्य विमाको ऐन बिपरित काम गर्दिन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले आफू स्वास्थ्य विमाको ऐन बिपरित काम नगर्ने बताएका छन् ।
मन्त्री खतिवडाले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट परेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा सो कुरा बताएका हुन्।

अहिले बैठक जारी छ र सांसदहरुले बिभिन्न किसिमका प्रश्नहरु उठाएका छन् । मन्त्री खतिवडाले सो प्रश्नहरुको जवाफ दिने क्रममा बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने जवाफ दिएका हुन् ।

साथै उनले २४ लाख खोप हराएको प्रसङ्गमा उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेरिदिन आग्रह गरे ।

‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो रु कुन मितिमा आयो रु प्रस्ट छ,’ मन्त्री खतिवडाले भने,‘खोप सबै विदेशबाट काठमाडौंमै आएको छ र विराटनगर गएको छैन । अनि काठमाडौंबाट प्रदेशमा कति गयो ? प्रदेशको खोप जिल्लामा कति गयो ? वेबसाइटमा छ ।’ त्यो हेरेर प्रदेश र जिल्लामा गएर त्यति मात्रामा आयो–आएन सोधिदिन उनले आग्रह गरे ।

अहिलेसम्म नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको मन्त्री खतिवडाले जानकारी दिए । अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको उनले बताए ।

२४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *