सावधान, काठमाडौँको फोहरले झाडापखला र चिलाउने रोग हुनसक्छ : हेल्थ असिस्टेन्ट संघ

काठमाडौँ, ३० जेठ । हेल्थ असिस्टेन्ट संघ नेपालले काठमाडौँ उपत्यका थुप्रिएको फोहरले स्वास्थ्य जोखिम नित्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । उसले यो फोहरले झाडापखला र चिलाउने रोग लाग्न सक्ने भन्दै स्वास्थ्य सावधानीमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

संघका अध्यक्ष दाताराम अधिकारीले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘विगत दुई हप्ता भन्दा बढी समय देखि काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिई घर देखि चोक र खाली स्थानहरुमा समेत फोहोर थुप्रिन गैइ वातावरण प्रदुषित भैरहेको र नेपालमा जल तथा मौसम पुर्वानुमान विभागका अनुसार बर्खा याम समेत शुरु भैसकेको हुँदा दिनानुदिन पानी परि थुप्रिएको फोहोरबाट निस्किने लिक्योर खाने पानीमा मिसिन गैइ प्रदुषित हुने संभावना रहने वा प्रत्यक्षरअप्रत्यक्ष रुपमा मार्फत हामी उपभोग गर्ने खाना दुषित हुन गई झाडापखाला लगायतका छाला चिलाउने जस्ता रोगहरु फैलिन सक्ने भएकोले यस्तो बेला विषेश सावधानी अपनाउन यस संघ सम्पुर्ण जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तीमा स्वास्थ्य सावधानी अपनाउने उपायका बारेमा समेत उल्लेख गरिएको छ ।

विज्ञप्ती

हेल्थ असिस्टेन्ट संघ नेपाल आफ्नो स्थापनाकाल देखि नै पेशागत हक, हित र अधिकार साथै राज्यमा आईपरेका आपतकालीन अवस्थाहरु, महाभुकम्प,डेङ्गु संक्रमण,कोभिड – १९ संक्रमण, बाढीपहिरो लगायतमा आफ्नो स्थानबाट सकेको सहयोग प्रदान गर्दै आईरहेको कुरा विदित नै छ यसै सन्दर्भमा विगत दुई हप्ता भन्दा बढी समय देखि काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिई घर देखि चोक र खाली स्थानहरुमा समेत फोहोर थुप्रिन गैइ वातावरण प्रदुषित भैरहेको र नेपालमा जल तथा मौसम पुर्वानुमान विभागका अनुसार बर्खा याम समेत शुरु भैसकेको हुँदा दिनानुदिन पानी परि थुप्रिएको फोहोरबाट निस्किने लिक्योर खाने पानीमा मिसिन गैइ प्रदुषित हुने संभावना रहने वा प्रत्यक्षरअप्रत्यक्ष रुपमा Faeco Oral Route मार्फत हामी उपभोग गर्ने खाना दुषित हुन गई झाडापखाला लगायतका छाला चिलाउने जस्ता रोगहरु फैलिन सक्ने भएकोले यस्तो बेला विषेश सावधानी अपनाउन यस संघ सम्पुर्ण जनसमुदायहरुमा हार्दिक अपिल गर्दछ ।

साथै काठमाडौ महानगर,ललितपुर महानगर लगायतका उपत्यका भित्रका स्थानीय तहहरुमा कार्यरत यस संघ सम्बद्ध सम्पुर्ण स्वास्थ्यकर्मीहरु र अन्य महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध गर्दै महानगरपालिका लगायत अन्य पालिकाहरुमा आवश्यक समन्वय तथा सहयोग गर्न तत्पर रहेको अवगत गराउँदै आम जनमानसमा तपसिल अनुसार गर्नु गराउनुहुन हेल्थ असिस्टेन्ट संघ नेपाल जोडदार अनुरोध गर्दछ ।

तपसिल
१. घर बाहिर निस्किदा नाक मुख राम्रोसँग छोपिने गरि माक्सको प्रयोग गर्ने ।
२. पिउने पानी कम्तीमा १० मिनेट सम्म उमानेर मात्रै पिउने ।
३. विद्यालय उमेरका बालबालिकाहरु, वृद्धवृधाहरु तथा रोग प्रतिरोधात्मक क्षमता कम हुन सक्ने व्यक्तिहरुको विशेष ख्याल गर्ने ।
४. सकेसम्म कम फोहोर उत्सर्जन गर्ने र जथाभावी फोहोर नफाल्ने ।
५. पानीको मुहान, खानेपानी वितरण स्थल र बढी आवतजावत हुने स्थानमा फोहोर नफाल्ने ।
६. बागमती नदि तथा अन्य खोलाको आसपासमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अपनाउने ।
७. बाहिरबाट घर भित्र पस्नु पुर्व साबुनपानीले हात गोडा धोएर मात्र प्रवेश गर्ने ।
८. बजारमा निस्केर केही खानेकुराहरु खानु परेमा साबुनपानीले हात धोएर वा स्यानिटाइजरको प्रयोग गरेर मात्रै खाने ।
९. पखाला लागेमा वा छाला सम्बन्धि कुनै समस्या देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *