चिकित्सा शिक्षातर्फ स्नातक तहका २१ वटा कार्यक्रममध्ये यसवर्ष छुट्याइयो २० वटाको सिट

कुन विषयलाई कति सिट छुट्याईयो ?

काठमाडौँ, ३० जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहमा शैक्षिक सत्र २०७८/७९ को लागि सिट निर्धारण भएको छ । निर्धारित सिटकालागि म्याचिङ प्रक्रिया समेत सुरु भएको जनाएको छ ।

आयोगले विभिन्न २१ विषयको सिट निर्धारण गर्ने गरेको भएपनि यसपटक २० वटाले मात्रै सिट पाएका छन् । यसवर्ष बी फार्मेसी एसटीसीले सिट पाएको छैन् ।

आयोगका अनुसार ती २१ वटा विषयमा अघिल्लो शैक्षिक सत्रमा भन्दा ३०९ वटा सिट थपिएको छ ।

अघिल्लो शैक्षिक सत्रमा ८ हजार २५१ वटा सिट रहेकोमा यस शैक्षिक सत्रका लागि ८ हजार ५६० सिट छुट्याइएको छ ।

यसपटक पेडियाट्रिक नर्सिङ तर्फ ४० सिट, साइक्याट्रिक नर्सिङ तर्फ ६ सिट थपिएको छ । तर बी फार्मेसी एसटीसी तर्फ गतवर्ष ४० सिट छुट्याएकोमा यसवर्ष कुनै सिट दिइएको छैन् अर्थात सून्यमा झारिएको छ ।

यसबर्ष बीएनएस, बी फार्मा, बीपीटी लगायतका विषयमा सिट बढेका छन् । बीएस्सी नर्सिङ तर्फको सिट १२४० बाट बढेर १४६० पुगेको छ ।

एमबीबीएस तर्फ पनि गतवर्ष १८३५ भएकोमा यसवर्ष बढेर १८९५ पुगेको छ । तर कम्युनिटी नर्सिङ ६५ बाट घटेर ३४ सिट, क्रिटिकल केयर तर्फ १२० बाट घटेर ४० मा झरेको छ ।

कुन विषयलाई कति सिट छुट्याईयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *