स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौँ, २८ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् ।

महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए।

शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए । अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *