२८ जेठ र ४ असारमा लाइसेन्स परीक्षा लिने फार्मेसी परिषद्को निर्णय
काठमाडौँ, २३ जेठ । नेपाल फार्मेसी परिषद्ले १९ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषद्को गत २० जेठमा बसेको बैठकले फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षा आगामी २८ जेठमा र फार्मेसी सहायकको परीक्षा ४ असारमा गर्ने निर्णय गरेको हो ।
परिषद्का रजिष्ट्रार संजिवकुमार पाण्डेयका अनुसार यसपटक परीक्षाका लागि फर्मासिस्ट तर्फ ८८८ जनाको आवेदन परेको छ । यस्तै १ हजार ६४ जना फार्मेसी सहायकले पनि नाम दर्ता (लाइसेन्स)का लागि आवेदन भरेका छन् ।
‘आवेदन आइसकेको अवस्था छ । तर हामीले सबै विवरण हेरेपछि मात्रै परीक्षार्थीको अन्तिम सूची सार्वजनिक गर्नेछौँ । अहिले आएको संख्या आवेदन दिनेहरुको मात्रै हो,’ उनले भने ।
परिषद्ले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिने गर्दछ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

