ईजिप्टमा पुगेका छन् मन्त्रीमा बढुवा भएका राज्यमन्त्री खापुङ
काठमाडौँ, २२ जेठ । स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका भवानीप्रसाद खापुङ यतिवेला विदेश भ्रमणमा छन् । उनी हिजो (शनिबार) मात्रै ईजिप्टमा सुरु भएको प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन् ।
‘राज्यमन्त्री ज्यू हिजो मात्रै ईजिप्ट प्रस्थान गर्नु भएको हो । उहाँ अब २६ जेठमा मात्रै फर्कनु हुन्छ । प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रमका लागि त्यसतर्फ जानु भएको हो,’ राज्यमन्त्री खापुङका प्रेस सल्लाहकार मनोज लिम्बुले भने ।
उनले २६ गते नेपाल फर्केपछि नयाँ जिम्मेवारी सम्हाल्ने बताए ।
खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी २०७० को संविधान सभामा पनि सदस्य थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



