अपोलोले डेढ दशकमा गर्‍यो ९० जनाको मुटु र १९६ जनाको फोक्सो प्रत्यारोपण

काठमाडौँ, २१ जेठ । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु प्रत्यारोपण सेवा दिन थालेको १५ बर्ष पुग्यो । यो अवधीमा ९० जनामा मुटु प्रत्यारोपण गर्न सफल भएको छ ।

यस्तै अस्पतालले करीब ८ बर्ष देखि फोक्सो प्रत्यारोपण सेवा पनि सुरु गरेको छ । तर अहिलेसम्म १९६ जनाको मात्रै फोक्सो प्रत्यारोपण गर्न सफल भएको छ ।

शुक्रबार राजधानीमा आयोजित फोक्सो र मुटु प्रत्यारोपण सम्वन्धी अन्तक्र्रिया कार्यक्रममा अपोलोका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका बरिष्ठ सल्लाहकार डा एमएस कनवरले भारतमा अंग प्रत्यारोपण सम्वन्धी नीति र आफ्नो अस्पतालले गरेको विकासका बारेमा जानकारी दिए । उनले अपोलोमा अंग प्रत्यारोपण तथा उपचार गर्न चाहने नेपालीले भारतीय सरह नै सुविधा पाउने बताए ।

यस्तै कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलले फोक्सोको दीर्घकालिन बिरामी भएर बाच्नु बिरामी र परिवारका लागि निकै कष्टकर तथा खर्चिलो हुने भन्दै प्रत्यारोपण उपयुक्त बिकल्प भएको सुनाए । उनले फोक्सोको प्रत्यारोपण पछि बिरामीले गुणस्तरीय जीवन लिन सक्ने बताए ।

यस्तै कार्यक्रममा कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिष्ट डा बिनिता अरोराले देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरुको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या त अचानक कार्डियाक अरेष्ट हुन्छ भन्दै यस्तो बेलामा सावधानी पुर्वक जाँच गरेर कार्डियाक रिसिंक्रोनाइजेसन थेरापी उपकरण स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरु प्रयोग गरि बिरामीलाई बचाउन सकिने बताईन् ।

मिर्गौला, कलेजो जिवित मान्छेबाट प्राप्त गर्न सकिने भएपनि फोक्सो र मुटु भने मृत्यु भएको व्यक्तिबाट मात्रै झिकेर प्रत्यारोपण गर्न मिल्छ । भारत सरकारले मस्तिस्क मृत्यु भएका व्यक्तिहरुबाट संकलन गरेको अंगहरु प्राथमिकता निर्धारण गरेर प्रत्यारोपण गर्ने नीति लिएको छ । सरकारले सञ्चालन गरेको निकाय नेशनल अर्गान एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाईजेशन (नोट्टो)ले यसको व्यवस्थापन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *