चौबिस घण्टामा थपिए २६ जना कोरोना संक्रति, ९ जना संक्रमणमुक्त

काठमाडौँ, २० जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ४ हजार ५२८ जनाको पीसीआर नमुना परीक्षण गर्दा १९ जनामा र १ हजार ७७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ११ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ११०जना र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् । भने आईसीयूमा १ जना र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *