स्वास्थ्य बीमाका विषयमा खगराजले भने, ऐनमा के छ ? एक पटक त हेर जनविरोधी सरकार

काठमाडौँ १९ जेठ । नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीेले स्वास्थ्य बीमा बोर्डलाई बीमा कम्पनी मार्फत सञ्चालन गर्ने गरी ल्याइएको बजेटको कडा शव्दमा बिरोध जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटबारे छलफल गर्ने क्रममा उनले स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने गरी ल्याइएको प्रावधानको विरोध गरेका हुन् । उनले भने ‘कानूनमा सरकारी सामुदायिक सहित निजी मेडिकल कलेज, अस्पताल नर्सिङ होम लगायतका सबै स्वास्थ्य संस्थासंग सम्झौँता गरेर सेवा लिने भनिएको छ तर यसले कानून विपरित सरकारी र सामुदायिक संस्था संग मात्रै सेवा लिने भनेको छ । यो कानूनविपरित काम हो ।’

सांसद अधिकारीले स्वास्थ्यको कुल बजेटमा पनि गतवर्ष भन्दा २२ प्रतिशतले कमी आएको भन्दै सरकारले ल्याएको बजेट जनतामारा भएको आरोप लगाए ।
उनले स्यानिटरी प्याड आयातमा गरिएको छुट प्रति पनि असहमति जनाए । उनले आफन्तलाई पोस्ने गरी यो काम भएको बताए ।

संसदको बैठकमा उनले के भने ?

बजेटमा आएको स्यानिटरी प्याडबाटै कुरा गरौँ । स्यानीटरी प्याड कुनै आफ्नो व्यक्ति यो सरकारको प्रमुखको वा कुनै आफन्तको कुनै व्यक्तिलाई यहाँ ल्याउने गरी स्वदेशी उद्योगलाई थला पार्नै गरी विशेष प्रोभिजन राखिएको छ । विशेषगरी व्यक्ति पोस्ने गरी जुन प्रोभिजन राखिएको छ जनताको आँखामा छारो हाल्ने, व्यक्ति पोस्ने गरी जुन बजेट आएको छ । यो जनता मारा बजेट हो भन्ने अर्को प्रमाण हो सभामुख महोदय ।

स्वास्थ्य बीमा कार्यक्रम बारे ….
म नै स्वास्थ्य मन्त्री हुँदा खेरी स्वास्थ्य बीमा कार्यक्रम हामीले ल्यायौँ । त्यतिखेर अर्थमन्त्रीले कानून ल्याउन नदिएर स्वास्थ्य बीमा कार्यक्रम मार्फत सुरु गरियो । तर आज स्वास्थ्य बीमालाई निजी कम्पनीलाई दिईदै छ । मैले यसका केही दफाहरु निवेदन गर्न चाहन्छु ।

स्वास्थ्य क्षेत्रमा आर्थिक बर्ष २०७८ /७९ मा १ खर्ब १७ करोड संघमा र ६ अर्व ३३ करोड प्रदेशमा र २५ अर्व २९ करोड स्थानीय तहमा गरी जम्मा १ खर्ब ३३ अर्व १ करोड विनियोजन भई जम्मा भएको बजेट ८.१ प्रतिशत भएकोमा आर्थिक बर्ष २०७९/ ८० मा ६९ अर्व ३८ करोड संघमा, छ अर्व २६ करोड प्रदेशमा २७ अर्व ४४ करोड स्थानीय तहमा गरी कुल १ खर्ब ३ अर्ब ८ करोड बिनियोजन गरी कुल ५.७५ प्रतिशत मात्रै बजेट छुट्याएको छ । बजेटमा २२ अर्व ५२ करोड कमी भई २२.५ प्रतिशतले बजेट कम भएको छ ।

स्वास्थ्यमा प्राथमिकता दिएका छौँ भनेर ठूल ठूला गरेको छ तर तथ्य र तथ्यांकले पुष्टि गर्न म चुनौती दिन चाहन्छु । यो जनताको स्वास्थयमा खेलवाड गर्दै स्वास्थ्य बीमालाई कम्पनीमा लाने र सामाजिक स्वास्थ्य बीमा कार्यक्रम हो । प्राईभेट कम्पनी लिमिडेट पोस्ने अनि जनता जेष्ठ नागरिकलाई पाखा लगाएर कांग्रेस माओवादीको गठबन्धन जनतामारा काम गरेको छ । स्वास्थ्य माथि खेलवाड गर्दैछ ।

स्वास्थ बीमा कार्यक्रमलाई ८ अर्व ५० करोड विनियोजन भएकोमा संसोधन गरी ७ अर्व ५० करोड विनियोजन भएको छ जो १२ प्रतिशतले कम हो । यसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिन्छ ? अर्को कुरा स्वास्थ्य बीमा अब देखि सरकारी र सामुदायिक अस्पतालमा मात्रै दिईने भनिएको छ ।

स्वास्थ्य बीमा सम्वन्धी ऐनमा के लेखिएको छ ? यस्तो घोषणा गर्नु अघि त कानून संसोधन गर्नु पर्ने होला । कानून विपरितको गठबन्धन सरकारले निरन्तर कानून कुल्चदै आएको छ । जनविरोधी यो सरकारले फेरि पनि कुल्चने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *