शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मनाङमा बृहत स्वास्थ्य शिविर

काठमाडौँ १७ जेठ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनाङको चामेमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जिल्ला अस्पताल चामे, हुण्डी स्वास्थ्य चौकी र ठोचे हेल्थ पोष्टसंग सहकार्य गर्दै केन्द्रले गत शनिबार र आइतबार शिविर सञ्चालन गरिएको हो । शिविरमा निशुल्क मिर्गौला परीक्षण, मुत्र रोग, मुटु, कलेजो र दन्त परीक्षण सेवा उपलव्ध गराईएको थियो ।

उक्त शिविरमा दुर्गम भेगका करीब ७०० बढीले स्वास्थ्य परीक्षण गराएको केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए । इको, इसिजी, अल्ट्रासाउण्ड तथा पिसाबको जाँच लगायतको सुविधा उपलब्ध भएको उक्त शिविरमा विषेशज्ञ चिकित्सक तथा अन्य प्राििवधिकहरुले सेवा प्रदान गरेका थिए ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले नेतृत्व गरेको शिविरका लागि डा लुसन सिंह, डा प्रवेश न्यौपाने, डा जुजु श्रेष्ठ, डा कर्ण राजवंशी, डा सुधिर जोशी, डा समीर दवाडी, डा गोपाल सुवाल डा हरि बराल, डा उत्सव भट्टराई र डा निरु शर्मा र क्याम्प कोडिनेटर गौरव पन्थ आदिको सहभागीता थियो । यस्तै नर्सिङ्ग अधिकृत पुजा कोइराला, ट्रान्सप्लान्ट कोर्डिनेटर तारा साँध तथा ल्याब टेक्निसियन साइ राम बस्नेतले सघाएका थिए ।

केन्द्रले देशका सातवटै प्रदेशमा निशुल्क स्वास्थ्य शिविर तथा अंगदान कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । सोही अनुरुप मनाङमा शिविर गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *