२५ जिल्लाका विपन्न सुत्केरीलाई एकमुष्ट ५ हजार पोषण खर्च दिईने
काठमाडौँ, १५ जेठ । सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीले पाउने पोषण खर्चको रकममा वृद्धि गरेको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
उनले मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट पाँच हजार पोषण खर्च उपलब्ध गराउने बताए । मन्त्री शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै मातृ शिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीले पाउने रकम वृद्धि गरेको जानकारी दिए ।
यसले मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने उनले बताए। पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण कार्यक्रम र खोप कार्यक्रमलाई थप प्रभावकारी अर्थमन्त्री शर्माको भनाई थियो ।
सम्पर्क इमेल : [email protected]